प्रचण्डले लिए मोहन बैद्य ‘किरण’ को स्वास्थ्य अवस्थाबारे जानकारी

आइतबार, साउन ४, २०८२
Global Ime Bank

काठमाडौं । नेकपा माअ‍ेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन बैद्य ‘किरण’ को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले बैद्य ‘किरण’ निवासमा पुगेर स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको देख्दा खुशी लागेको बताउँदै पूर्ण स्वास्थ्य लाभको कामना समेत गरे । उनले लेखेका छन्,‘आज कमरेड मोहन बैद्य ‘किरण’ जीसँग भेट्न उहाँकै निवासमा गएँ। स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको देख्दा खुशी लाग्यो । उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु ।’
 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १३:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार