न्यायाधीश सरुवाको निर्णयका लागि न्याय परिषद्को बैठक बस्दै 

आइतबार, साउन ४, २०८२
Global Ime Bank

काठमााडौं । न्याय परिषद्को बैठक आज (आइतबार) बस्दै छ । आइतबार साँझ ५ बजे बस्नेगरी प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बैठक बोलाएका हुन् । विदेश भ्रमणमा रहेका न्याय परिषद् सदस्य दामोदर खड्काको सहमति लिएर प्रधानन्यायाधीश राउतले केही निर्णय गर्न बैठक बोलाएका हुन् । प्रधानन्यायाधीश राउतले असार महिनाभित्रै ठूलो संख्यामा न्यायाधीश सरुवा गर्ने र उच्च अदालतमा केहीको नियुक्ति पनि गर्ने प्रयास गरेका थिए । तर, सदस्यबीच कुरा नमिलेपछि बसेका बैठकहरु निष्कर्षविहीन भएका थिए ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  ११:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार