सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको पूर्वाधार विकासमा नेपाली ईन्जिनियरहरूको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपालको पूर्वाधार विकास र निर्माण नयाँ चरणमा रहेको उल्लेख गर्दै उनले नविन प्रविधि र प्राविधिक जनशक्ति अहिलेको आवश्यकता रहेको पनि उल्लेख गरे । ६३ औं इन्जिनियर दिवशका अवसरमा शनिबार नेपाल ईन्जिनियर्स एशोसिएसनले ललितपुरमा गरेको कार्यक्रममा मन्त्री दाहालले दिगो, गुणस्तरीय र वातावरणमैत्री पूर्वाधारहरूको विकास गरिनु पर्नेमा जोड दिए । नेपाली इन्जिनियरहरूको वृतिविकासका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको उल्लेख गर्दै नेपाली इन्जिनियरहरूको क्षमताको अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रिया समेत सुरु भई रहेको जानकारी गराए । नेपाली इन्जिनियरहरूले माग गर्दै आएको इन्जिनियरिङ् स्टाफकलेज सञ्चालनका लागि मन्त्रालय सकारात्मक रहेकाले प्रकृया अर्थ मन्त्रालयसम्म पुगेको मन्त्री दाहालले बताए । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एशोसिएसनको स्मारिका तथा जर्नलको बिमोचन समेत गरियो भने इन्जिनियरहरूको रोजगारी खोजी पहिचानमा सहयोग पुर्याउने पोर्टलको पनि शुभारम्भ गरियो । कार्यक्रममा इन्जिनियरिङ्का विभिन्न विद्यामा उत्कष्ट ठहरिएका व्यक्तिहरूलाई पुरस्कृत गरिएको थियो ।