पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

आइतबार, साउन ४, २०८२
Global Ime Bank

काठमाडौँ । आज संघीयअन्तर्गतका संसदका पाँच समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका कानुन, न्याय तथा मानवअधिकार समिति, महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभाका विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । आज दिउसो १ बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा विश्वव्यापी आवाधिक समिक्षा सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल हुने कार्यसूची रहेको छ । महिला तथा सामाजिक मामिला समितिका बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा मधेशी आयोगको  वार्षिक प्रतिवदेन (आ.व २०८०/८१) माथि छलफल हुने कार्यसूची रहेको छ ।  त्यसैगरी आज बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयकमाथि सैदान्तिक छलफल हुने कार्यसूची रहेको छ । दिउसो १ बजे बस्ने राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।  त्यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे बस्ने छ । बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदन माथि छलफल हुने कार्यसूची रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  ०९:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार