इन्जिनियरहरूको सक्रियताले योजनावद्ध र समावेशी शहरीकरण सम्भव हुने : प्रकाशमान सिंह

शनिबार, साउन ३, २०८२
Global Ime Bank

काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले इन्जिनियरहरूको सक्रियताले योजनावद्ध र समावेशी शहरीकरण सम्भव हुने बताएका छन् ।  शनिबार नेपाल इन्जिनियर्स एसोसिएसनको ६३ औं इन्जिनियर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले समावेशी शहरीकरण सम्भव रहेको भन्दै पूर्वधार निमार्णमा इन्जिनियरहरूको अमूल्य योगदान रहेको बताएका हुन् । उनले भने, ‘योजनावद्ध र समावेशी शहरीकरण सम्भव छ भने त्यो इन्जिनियरहरूको सक्रिय सहभागिताविना कल्पना गर्न सकिदैन । सडक, खानेपानी, आवास, सार्वजानिक भवन निमार्ण लगायतका पूर्वधार निमार्णमा इन्जिनियरहरूको योगदान अनुपम छ ।’ मन्त्री सिंहले इन्जिनियरहरू शहरी विकास व्यवस्थापनको लागि आधारशीला भएको भन्दै यस्ता इन्जिनियरहरूको खाँचो रहेको पनि बताए ।  उनले भने, ‘इन्जिनियरहरू नव पवर्तन सुरक्षित आवास वातावरणीय संन्तुलन तथा दिगो शहरी विकास व्यवस्थापनको लागि आधारशीला हुन् । विषेशगरी आजको शहरीकरणको तिव्र गतिमा हामीलाई इमान्दार जिम्मेवार र प्रविधिसँग चल्न सक्ने सक्षम इन्जिनियरहरूको खाँचो छ ।  यसैगरी उक्त कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यस वर्ष सडक निमार्णमा लक्ष्य राखेको भन्दा बढि उपलब्धि प्राप्त गरेको बताएका छन् ।  यस वर्ष नयाँ कामहरूको सुरुवात गर्ने भन्दै उनले भने, ‘नयाँ नयाँ कुराको सरुवात गर्दैछौ । नागढुङ्गा टनेल सुरु गर्दैछौ । टनेल युगमा हामी प्रवेश गरिसकेका छौ । यसका कयौ कुराहरू पूरा गरेर हामी अगाडि बढ्दै छौ । थुप्रै सुरुवात भएका सडकहरूलाई अगाडि बढाउदै छौ । यस वर्ष हामी सडकमा लक्ष्य राखेको भन्दा बढी केही थोरै भएपनि बढि लक्ष्य प्राप्त गरेका छौं ।’ उनले देशका सबै जिल्ला सडक सञ्जालबाट जोडिएको भन्दै हुम्लाको सिमकोटमा छिट्टै पुल निमार्ण गरिने बताए ।  ‘हामीले यसै वर्ष २०८१/८२ मा सडकसञ्जालबाट ७७ वटा जिल्ला जोडेका छौ । हुम्लाको सिमकोटमा जव अस्थायी वेलिब्रिज बनायौ, त्यहाँ पुल निमार्ण गछौ त्यो उपलब्धि हामीले प्राप्त गर्‍यौं,’ उनले भने । 

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  २१:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार