एमालेको पोलिटब्युरो बैठकमा उपाध्यक्षको प्रतिवेदनमा छलफल 

शनिबार, साउन ३, २०८२
Global Ime Bank

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोलिटब्युरो बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी मुख्यालयमा जारी छ ।  एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत विधान संशोधन प्रस्तावमा छलफल भइरहेको छ । हालसम्म ३२ जना पोलिटब्युरो सदस्यले प्रतिवेदनमा आफ्ना धारणा प्रस्तुत गरेका छन् । अब ४० जना सदस्यले बोल्न बाँकी छ । सचिवालय बैठकबाट पारित अध्यक्ष ओलीको राजनीतिक, उपाध्यक्ष पौडेलको विधान संशोधन र महासचिव शंकर पोखरेलको साङ्गठनिक प्रतिवेदन पोलिटब्युरो बैठकले अनुमोदन गर्ने उनले जानकारी दिए । आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन आयोजना गर्ने कार्यक्रम छ । हिजो (शुक्रबार) बाट जारी बैठक आज पनि बिहान ११ बजेबाट पार्टी कार्यालय च्यासलमा सुरु भएको हो । हिजोको बैठकमा समसामयिक राजनीतिक परिस्थितीसँगै पार्टीको विधायन महाधिवेशनको तयारीको सन्र्दभमा छलफल भएको थियो ।  साथै, बैठकमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र विधायनको सम्बन्धमा उठेका विभिन्न प्रश्नहरुको सम्बन्धमा विस्तारपूर्वक जानकारी दिएका थिए भने अन्य सदस्यहरुले पनि आफ्ना धारणा राखेका थिए । एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा राखिएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  २०:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार