अनुसन्धानको काम सशस्त्र प्रहरीको होइन : गृहमन्त्री 

शुक्रबार, साउन २, २०८२
Global Ime Bank

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अनुसन्धानको काम सशस्त्र प्रहरीको नभएको बताएका छन् ।  शुक्रबार काठमाडौंमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको छलफलमा बोल्दै उनले सशस्त्र प्रहरीले खासगरि सीमा क्षेत्र र सुरक्षाका विषयहरु, सीमा अपराधका कुराहरु, विपद्का बेला खोजीकार्य गर्ने, राहत वितरणका कामहरु गर्ने भएको उनले बताए ।  उनले सुरक्षासँग जोडिएर नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैले काम गर्ने गरेको बताएका छन् । लेखकले शान्ति सुरक्षाका क्षेत्रमा सशस्त्रले काम गर्ने तर अनुसन्धान गर्ने काम नेपाल प्रहरीको भएको स्पष्ट पारे ।  त्यस्तै कांग्रेस लुम्बिनी प्रदेश सदस्य एवम् राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटाले नेपालमा आत्महत्या गर्नेको संख्या बढिरहेकाले त्यसको कारण कारण खोज्नुपर्ने बताइन् ।  उनले प्रहरीले ठाँउठाँउमा बिना कारण गाडी रोकेर अनावश्यक दुःख दिने गरेको गुनासोलाई कम गर्नुपर्ने पनि बताइन् । उनले हालसम्म निर्मला पन्तको हत्याबारे सत्यतत्य बाहिर नआउनु दुखद रहेको बताइन् । 

Photo-(3)-(39)-1752838882.jpg
 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १७:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार