बामदेवलाई पार्टीमा भित्त्रयाउँदै माधव नेपालले भने, ‘कम्युनिष्ट शक्तिहरू एक हुनैपर्छ’

शुक्रबार, साउन २, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालका कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध भएर अगाडि बढाउन निरन्तर प्रयास गर्नुपर्ने बताएका छन् । नेता वामदेव गौतमलाई नेकपा एसमा प्रवेश गराउँदै शुक्रबार उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आफ्नो भूमिका महत्वपूर्ण रहको भन्दै यसलाई निरन्तर दिने उद्घोष पनि गरे । उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनका लागि हाम्रो भूमिका नै महत्वपूर्ण छ । त्यसो हुनाले नेपालका सबै क्रान्तिकारीहरूलाई वा कम्युनिष्ट शक्तिहरूलाई एकतावद्ध भएर अगाडि बढ्नका लागि आफ्नो प्रयासलाई निरन्तर अगाडि बढाउनुपर्छ  ।’  उनले पार्टी बलियो भए मात्र सबैले मान्ने धारणा राख्दै आफ्नो शक्ति बलियो बनाउने कुरामा ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।  ‘एकता भयो कि भएन भनेर सँधै गीत गाएर बस्ने पनि होइन, कुरेर बस्ने पनि होइन । आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । आफ्नो पार्टी बलियो भयो भने त्यसको कुरा सबैले सुन्छन् । कमजोरको कुरा कसैले सुन्दैन । त्यसैले आफ्नो शक्ति बलियो बनाउने कुरामा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ’, उनले भने । 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार