सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकमा बिहीबारको सचिवालय बैठकद्वारा पारित विधान संशोधन प्रस्ताव पेश भएको छ । शुक्रबार पार्टी मुख्यालय च्यासलमा बसेको बैठकमा हिजो सचिवालय बैठकले पारित गरेको विधान संशोधन प्रस्ताव पेश भएको हो । बैठकले पार्टीको विधान संशोधन प्रस्तावमाथि छलफल गरी निर्णय लिनेछ । बिहीबार बसेको सचिवालय बैठकमा विधानमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेश भएको थियो । यस्तै पार्टीको केन्द्रीय पदाधिकारीको संख्या ११ बाट बढाएर १५ पुर्याउने प्रस्तावमा पनि नेताहरूबीच सहमति जुटेको बताइएको छ ।