नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी हुनेछैन : प्रधानमन्त्री

शुक्रबार, साउन २, २०८२
Global Ime Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्ध विस्तारमा सरकारको तर्फबाट कुनै कमी नरहने बताएका छन् ।  शुक्रबार काठमाडौंमा नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा फिनिक्स इन्स्पिरेशनद्वारा शुक्रबार आयोजित नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५ मा बोल्दै उनले चीनसँगको मित्रता व्यापक बनाइने बताएका हुन् ।  प्रधानमन्त्री ओलीले भने, ‘दुई देशबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सवालमा सरकारको तर्फबाट कुनै पनि कसर बाँकी राखिनेछैन । मित्रताका लागि गच्छे चाहिँदैन । गच्छेअनुसार पारस्परिक सम्बन्ध बढाइनेछ । अझ व्यापक बनाइनेछ ।’ प्रधानमन्त्री ओलीले नेपाल र चीन अन्यन्तै पूराना र ऐतिहासिक देशहरु भएको भन्दै नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताए ।  ‘यसले पुस्तापुस्तासम्म आपसी मित्रता बढ्दै जान सघाउनेछ । बहुआयामिक सम्बन्धलाई बढाउँछ । सम्बन्धहरु लेनदेनको मात्रै हुँदैनन्, पारस्परिक भावना र सांस्कृतिक विविध पक्षहरु हुन्छन्,’ प्रधानमन्त्री ओलीले भने ।  कार्यक्रममा प्रधानमन्त्री ओलीले युवा सशक्तिकरण पुरस्कारबाट काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, व्यवसाय नेतृवत्व पुरस्कारबाट राजेशकाजी श्रेष्ठ र वीरेन्द्रराज पाण्डे तथा शिक्षा उत्कृष्ट पुरस्कारबाट अनुराधा शर्मालाई सम्मान प्रदान गरिएको थियो । 

Photo-(6)-(33)-1752834787.jpg
 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १६:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार