सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले ुयुवाहरूसँग जोडिएका सम्भावनाु बारे राजधानीमा बिहीबार छलफल गरेको छ । छलफलमा काँग्रेस महामन्त्री गगन थापासहित केन्द्रीय नेतृत्वको सहभागी भएको थियो । छलफलमा बोल्दै महामन्त्री थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्ठि व्यक्त गरेका छन् । कांग्रेस–एमालेको सरकारले सुरुका दिनमा शुभ संकेत देखाए पनि पछिल्लो समय बरालिएको थापाले बताए । कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पछिल्लो समय दिन गनेर बस्ने जस्तो देखिएको बताए । थापाले भने, ‘दुई पार्टी मिलेर सरकार बन्दा सुरुमा गति पनि समातेको थियो । अहिले यो सरकार बरालिएको छ । दिन गनेर बस्ने जस्तो भएको छ । आइतबार गयो, सोमबार आयो । एकजनाले बोल्दिएपछि ढल्दैन ढल्दैन भन्यो ।’ उनले सरकार भनेको दिन गनेर बस्ने हो र भन्दै प्रश्न गरे । उनले बेला बेला प्रधानमन्त्रीले अब एक वर्ष मात्रै छु भन्दै बस्न नहुने बताए । उनले भने, ‘प्रधानमन्त्रीले अब एक वर्ष म हुन्छु, एक वर्षपछि कांग्रेसलाई हस्तान्तरण गर्छु, त्यो हिसाबकिताबको बारेमा अब कुरा नगरौँ । सरकार भनेको दिन गनेर बस्ने हो र ? अनि हामी ३६५ घट्यो ३६४ भयो भन्दै हाम्रो पालो आयो भनेर औँला भाँच्दै बस्ने हो र ? हामीले सुन्न र गर्न चाहेको भनेको त यो एक वर्ष चाहिँ के गर्छौं हामी ? यो एक वर्ष नेपालले के पाउने ?।’
उमेदवार हुन चाहनेलाई प्रशिक्षण दिने तयारी कांग्रेसले आगामी निर्वाचनमा उमेदवार बन्न चाहनेहरूका लागि प्रशिक्षण सञ्चालन गर्ने भएको छ । विज्ञबाट आएको सुझावका आधारमा पाठ्यक्रम नै बनाएर तालिम सुरु गर्न लागिएको महामन्त्री थापाले जानकारी दिए । नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले 'युवाहरूसँग जोडिएका सम्भावना' बारे चलाएको बहसमा महामन्त्री थापाले नयाँ ढंगले प्रशिक्षण सञ्चालन गर्न लागिएको जानकारी दिए । “हामीले प्रशिक्षण प्रतिष्ठानमार्फत पार्टीको सिद्धान्त, इतिहास, भविष्य योजना र संगठनका विषयमा प्रशिक्षण गराइराखेका छौँ,” थापाले भने, “अब त्यसमा थप गर्दै आगामी निर्वाचनका आकांक्षीहरूका लागि विभिन्न तहका सरकार कसरी सञ्चालन गर्ने, नागरिकका काम कसरी गर्ने रु आफूलाई नागरिकका विषयहरूमा कसरी अपडेट राख्ने र समाधानका उपायहरू कसरी खोजी गर्ने भनेर हामी प्रशिक्षण सञ्चालन गर्दै छौँ ।” थापाले अहिले सञ्चालनमा रहेको ‘मिसन रोजगारी’ अभियान प्रभावकारी देखिएकाले नयाँ कार्यक्रमहरू सञ्चालन गर्न लागिएको बताए । विभागका कार्यक्रम महत्त्वपूर्ण हुने भएकाले सांसद, स्थानीय जनप्रतिनिधि र भविष्यमा जनप्रतिनिधि भएर काम गर्न इच्छुकहरूलाई पनि सहभागी हुन आग्रह गरे । “सांसदहरू आउनुस्, सांसद बन्न चाहनेहरू आउनुस् । स्थानीय तहका जनप्रतिनिधि आउनुस्, भोलि स्थानीय तहको नेतृत्व गर्न चाहनेहरू आउनुस्,” थापाले भने, “यसले भोलिको नेतृत्वलाई दिशा निर्देशन गर्नेछ ।” अहिले थालिएका नयाँ अभियानका उद्देश्य अलगअलग रहेको उनले बताए । उनले तरुण दलसहितका संगठनले पार्टीका विभागले उत्पादन गरेको ज्ञानलाई अभ्यासमा लिएर जान सुझाव दिए । “विभागभित्र भएका छलफलहरूलाई सरकारका युनिटहरूलाई सँगसँगै लिएर कसरी जाने भन्ने पनि यसमा समेटिनुपर्छ,” थापाले भने, “उदाहरणका लागि ‘मिसन रोजगारी’ अभियान हामीले सुरु गरेका छौँ । यस्तै, विभागका छलफलहरूका आधारमा हामीले ‘मिसन रोजगारी’को १७ पृष्ठको डकुमेन्ट बनाएका छौँ । त्यसलाई हामीले स्थानीय तहमा पठाएका छौँ ।” उनले लगानी अभिवृद्धि, रोजगारी सिर्जनासहितका विषयमा थप सुझाव र सल्लाह आवश्यक परे केन्द्रबाटै सुझाव उपलब्ध गराउने जानकारी दिए । थापाले ‘मिसन रोजगारी’ अभियानको संयोजन स्थानीय तह समन्वय विभागले गरिरहेको बताए । त्यसलाई केन्द्रमा पार्टी स्रोत केन्द्र विभागले सहयोग गरिरहेको उनको भनाइ छ । उनले आर्थिक नीति तथा योजना विभागलाई पनि अभियानमा जोडिन सुझाव दिए ।