आजदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागू हुँदै, अन्य कुन कुन बस्तुमा लाग्दैछ कर ?

बिहीबार, साउन १, २०८२
Global Ime Bank

काठमाडौं । आजदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागू हुँदै छ । नयाँ आर्थिक वर्ष २०८२/८३ को सुरुवातसँगै सरकारले बजेटमा घोषणा गरेको कर लागू भएको हो । नयाँ आ.व. मा सरकारले करका दरहरू हेरफेर गर्ने भएकाले आजदेखि टेलिफोन स्वामित्व शुल्क, दूरसंचार सेवा दस्तुर, क्यासिनो रोयल्टी, विद्युतीय सेवा कर पनि लागू हुने भएको छ । आजैदेखि सुन तथा बहुमूल्य धातुका गरगहनाको मूल्य र पाँचतारे होटलको सेवामा विलासिता कर लागू भएको छ । सुनचाँदी व्यवसायीले सरकारको यस्तो निर्णयको चर्को विरोध गर्दै आएका छन् भने सरकारले यो अध्ययनका लागि समिति बनाएको छ । उक्त समितिले दिएको सुझावका आधरमा सरकारले करमा केही हेरफेर गर्न सक्ने बताइएको छ । आर्थिक ऐनको दफा १ देखि ४, ६ देखि १२, २० देखि ३३, ३४–३६ र ३८ जेठ १५ रातिबाटै लागू भइसकेका छन् । त्यसैगरी, ऐनको दफा १३ देखि १९ र ३३ मा भएको व्यवस्था भने आर्थिक वर्ष २०८२–८३ को पहिलो दिन अर्थात आजबाट लागु भएका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १४:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार