आजदेखि नयाँ आर्थिक वर्ष सुरु 

बिहीबार, साउन १, २०८२
Global Ime Bank

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने व्यवस्था छ । सोहीअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको हो ।  सरकारले वि.सं. २०१८ सालदेखि आर्थिक वर्षको सुरुवात साउन महिनामा सुरु भई असार महिनामा सकिने व्यवस्था गर्दै आएको छ । नयाँ आर्थिक वर्षले खासगरी सरकारी कारोबारसँग सम्बन्धित विषय परिवर्तन गर्नेछ । यसले राजस्व, शुल्क, जरिवानालगायतका व्यवस्था गरिएका परिवर्तन लागू गर्न सुरु गर्नेछ ।  तीन तहका सरकारले सार्वजनिक गरेको बजेटको आज देखि पूर्ण कार्यान्वयन सुरुवात हुनेछ ।  करको दरमा भएको परिवर्तनसमध्ये आज देखि नै कतिपय व्यवस्था लागू भइसकेका छन् । विलासिता करलगायतका केही व्यवस्थाको कार्यान्वयन आजदेखि सुरु हुनेछ ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार