स्नेहा श्रेष्ठको बायोग्राफी पाठ्यपुस्तकमा (भिडियाे)

बिहीबार, साउन १, २०८२
Global Ime Bank

भैंसेपाटी (ललितपुर) । जनवारप्रेमी स्नेहा श्रेष्ठको बायोग्राफी पाठ्यपुस्तकमा समेटिएको छ । कोसेली प्रकाशनले कक्षा ७ को ‘Our Better English for school’ पुस्तकमा जनवारप्रेमी स्नेहा श्रेष्ठको बायोग्राफी राखेर विद्यार्थीलाई जनवारप्रति माया गर्नुपर्ने शिक्षा दिइरहेको छ । रमेश महर्जन, ज्ञानु लामा र लेखनाथ खनाल तीनजना लेखकको संयुक्त लेखनमा प्रकाशित उक्त पुस्तकको पृष्ठ नं.९२ मा जनवारप्रेमी स्नेहा श्रेष्ठको बायोग्राफी प्रकाशित छ । पुस्तकमा स्नेहा श्रेष्ठ तथा उनले सञ्चालन गरिरहेको स्नेहाज केयरद्धारा जनवारलाई दिएको आश्रय तथा गर्ने हेरचाहका बारेमा उल्लेख गरिएको छ ।  ‘स्नेहाज केयर’ले बेवारिसे कुकुरलाई सेल्टर बनाएर संस्थागतरूपमा सहारा दिँदै आएको छ ।
भिगन महोत्सवको तयारी 
स्नेहाज केयर’ले राजधानीमा ‘भिगन महोत्सव’ को पनि तयारी गरेको छ । पशु अधिकारसम्बन्धी उक्त संस्थाले यही साउन १० गते महोत्सव गर्न लागेको हो । संस्थाका अध्यक्ष स्नेहा श्रेष्ठले महोत्सवमा वनस्पतिमा आधारित खानाका परिकार तथा सामग्रीको प्रदर्शनी गरिने बताइन् ।  भिगन सामग्रीको बिक्री वितरणका लागि स्टल पनि राखिने छ । महोत्सवमा लाइभ म्युजिक, नृत्य, वृत्तचित्र प्रदर्शनीका साथै बालबालिकाका लागि प्रतिस्पर्धात्मक खेल पनि हुनेछन् ।       
 

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १३:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार