११.३३ प्रतिशतले बढ्यो राजस्व संकलन, २०८१–०८२ मा ११ खर्ब ७८ अर्ब संकलन

बिहीबार, साउन १, २०८२
Global Ime Bank

काठमाडौं । आर्थिक वर्ष २०८१–०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०–०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो ।आर्थिक वर्ष २०८०–०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०८१–०८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अर्ध वार्पिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको छ ।  अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले विपद, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरु हुँदाहुँदै पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रुपमा राजस्व संकलन भएको बताए। उनले भने, ‘तयारी सुरु गरिसकेका छौं । चालू आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौं ।’  चालू आर्थिक वर्षमा १३ खर्ब १५‍ अर्ब राजस्व संकलनको लक्ष्य छ ।  आर्थिक वर्ष २०७१–०७२ मा ४ खर्ब ५ अर्ब,  २०७२–०७३ मा ४ खर्ब ८१ अर्ब, २०७३–०७४ मा ६ खर्ब ९ अर्ब, २०७४–०७५ मा ७ खर्ब २६ अर्ब, २०७५–०७६ मा ८ खर्ब २९ अर्ब राजस्व संकलन भएको थियो ।  त्यसैगरी २०७६–०७७ मा ७ खर्ब ९३ अर्ब, २०७७–०७८ मा ९ खर्ब ३५ अर्ब, २०७८–०७९ मा १० खर्ब ६६ अर्ब, २०७९–०८० मा ९ खर्ब ५७ अर्ब र २०८०–०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ संकलन भएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  ०९:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार