आधुनिक न्याय प्रणाली समृद्ध बनाउन न्यायिक मान्यता जोगाउनु पर्छ : प्रधान न्यायाधीश 

बुधबार, असार ३२, २०८२
Global Ime Bank

काठमाडौं । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायिक मान्यता, सभ्यता, संस्कार र सम्पदालाई सधैँ जोगाउनु पर्ने बताएका छन् ।  बुधबार काठमाडौंमा आयोजित नेपाल कानून पत्रिका (पुरानो अंक), प्रधान न्यायालय, २०१० विमोचन कार्यक्रममा उनले आधुनिक न्याय प्रणालीलाई समृद्ध बनाउनको लागि न्यायिक मान्यता, सभ्यता, संस्कार र सम्पदा जोगाउनु पर्ने बताएका हुन् ।  उनले भने, ‘आधुनिक न्याय प्रणालीलाई गर्भिलो र समृद्ध बनाउनु छ भने हाम्रा न्यायिक मान्यता, न्यायिक सभ्यता, संस्कार, सम्पदा जोगाउनु पर्छ । यसको संरक्षण गर्नै पर्छ ।’ यस्तै, उनले एउटा निश्चित कालखण्डको अभिलेख आफैमा सम्पदा भएको भन्दै यसको संरक्षण गर्नुपर्ने बताए ।  साथै, जति पनि प्रधान न्यायालयसँग जोडिएका फैसलाका अंक र प्रकाशनहरु छन् त्यो एकदमै प्रशंसनिय काम भएको पनि उनको भनाई छ ।

Photo-(5)-(29)-1752676104.jpg
 

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  २०:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार