सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । बुधबार राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ ग्रहण गराएका हुन् । शपथ कार्यक्रममा उपसभापति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल सहभागी थिए । विवादित अडियो प्रकरणमा मुछिएपछि सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले न्यौपानेलाई मन्त्रीमा नियुक्त गरेका थिए ।