रक्षामन्त्री राईको एक वर्ष, अपेक्षा अनुसार काम गर्न बाँकी 

बुधबार, असार ३२, २०८२
Global Ime Bank

काठमाडौं । रक्षामन्त्री मानवीर राईले एक वर्षभित्रमा फास्ट ट्रयाकलगायत थुप्रै करिडोरहरुको काम अगाडि बढेको बताएका छन् । बुधबार एक वर्षको अवधिमा रक्षा मन्त्रालय र अन्तर्गतका निकायहरुबाट सम्पादन भएका कार्यहरुको प्रगति विवरण सार्वजनिक समारोहमा उनले एक वर्ष पूरा हुँदै गर्दा थुप्रै अप्ठेयाराहरु र विपत्तिहरु व्यहोर्नु परेको भन्दै उक्त चुनौतीहरुको बीचमा पनि फास्ट ट्रयाकलगायतका कामहरु अगाडि बढाएको बताए ।  उनले भने, ‘एक वर्ष पूरा हुँदै गर्दा थुप्रै अप्ठेराहरु र विपतिहरु हामीले व्यहोर्नुपर्यो । हामीले यो एक वर्षमा राहात र उद्धारको काम मात्र होईन, हाम्रो जिम्मेवारीमा फास्ट ट्रयाकलगायत थुप्रै करिडोरहरु छन् । फास्ट ट्रयाकका कामहरु धेरै द्रुत गतिमा अगाडि बढ्न थालेको छ । काठमाडौं भित्र, बाहिरको सबै जमिनको काम हामीले अन्तिम अवस्थामा पुर्‍याएका छौ । अब फास्ट ट्रयाक तराई मधेश द्रुत गतिमा ५, ६ महिनाभित्र उल्लेख्य विकास हुने कुरामा म विश्वस्त छु ।’ यस्तै, उनले नेपाली सेनाले जिम्मेवारीमा हुम्ला जिल्लाको खार्पूनाथ मन्दिर छेउमा बेलिब्रिज बनेको भन्दै त्यसले गर्दा ७७ वटै जिल्लामा सवारी साधनको पहुँच पुगेको बताए ।  आजको मितिसम्म आइपुग्दा अपेक्षा अनुसार काम गर्न बाँकी भएपनि विवादको बीचमा काम गरेको उनको भनाई छ ।  उनले विकास निर्माण, अपरझट् ब्रिज निर्माण, बाटोहरु खन्ने जस्ता कामहरु पनि नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको बताए ।  
 

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १९:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार