पेट्रोल र डिजलको मूल्य घटयो

बुधबार, असार ३२, २०८२
Global Ime Bank

काठमाडौं । नेपाल आयल निगमका अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेको छ । इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको हो ।  मंगलबार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँ र डिजल/मट्टीतेलमा १ रुपैयाँ मूल्य घटाएको जानकारी दिएको छ ।  यसअघि पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ तथा डिजल र मट्टीतेल प्रतिलिटर १४९ रुपैयाँ थियो । परिवर्तित मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजल र मट्टीतेल प्रतिलिटर १४८ रुपैयाँ कायम भएको छ । खुद्रा विक्री मूल्यमा प्रति लिटर पेट्रोलमा ५ रुपैयाँ र डिजेल / मट्टितेलमा प्रति लिटर १ रुपैयाँ ले घटाईएको छ ।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १०:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार