मधेशका मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच भेटवार्ता

मधेशमा खानेपानी समस्या समाधानका लागि अभियानकै रुपमा काम गर्ने सहमति

बुधबार, असार ३२, २०८२
Global Ime Bank

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवबीच जनकपुरधाममा भेटवार्ता भएको छ । मंगलबार भएको भेटवार्तामा मधेश प्रदेशमा विद्यमान खानेपानी समस्या समाधानका लागि संघीय र प्रदेश सरकारले संयुक्त रूपमा अभियानकै रूपमा अगाडी बढने सहमति भएको छ । संघीय र प्रदेश सरकारका संयन्त्रहरूलाई संयुक्त रूपमा परिचालन गर्दै खानेपानी संकट अन्त्यका लागि क्रियाशील गर्ने कार्य सुरु भएको छ । संघीय र प्रदेश सरकारले भएका साधनस्रोतको अधिकतम प्रयोग गरी खानेपानी समस्या समाधान गर्ने र खानेपानीसँग सम्वन्धित ससर्त योजनाहरूलाई तत्काल कार्यान्वयन गरिने गरी काम अगाड़ी बढाइनेछ । जनताले भोगिरहेको खानेपानी संकटका बेला जनताकै साथमा खड़ा भई दुवै तहका सरकारको अनुभुति हुने गरी काम अगाडी बढाउन सरोकारवाला मन्त्रालय र निकायलाई निर्देशन दिइएको छ । भेटका क्रममा मधेश प्रदेशका ऊर्जा, सिंचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, संघीय खानेपानी मन्त्रालयका सचिव प्रमिला देवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठसहित मन्त्रालयका विज्ञ र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  ०९:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार