सिमलतालमा फेरि अर्काे दुर्घटना

भारतबाट फलफूल लिएर आएको मिनी ट्रक त्रिशूलीमा खस्यो 
बुधबार, असार ३२, २०८२

काठमाडौं। नारायणगढ मुग्लिन सडकको सिमलतालबाट भारतीय मिनि ट्रक त्रिशूली नदीमा खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट मङ्गलबार राति १०ः२५ बजे मिनि ट्रक त्रिशूलीमा खसी दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार भारतबाट मेवा बोकेर काठमाडौँ जान लागेको युपी ३२ जेटएन ७८८३ नम्बरको  भारतीय मिनि आईचर ट्रक आफैँ अनियन्त्रित भई सडकदेखि करिव ८० मिटर तल त्रिशूली नदीको किनारमा खसेको हो । भारत लखनौका ट्रक चालक २१ वर्षीय आशिक यादव र २० वर्षीय सहचालक उत्तर सिंह दुर्घटनामा घाइते भएका छन् । उनीहरुको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  ०९:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार