निजी क्षेत्रले दिने सुझाव सरकारका तर्फबाट सुनुवाई भइरहेको छ : अध्यक्ष ढकाल

मंगलबार, असार ३१, २०८२
Global Ime Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनौपचारिक व्यवसायलाई औपचारिकतामा ल्याउन सके मात्र प्रतिस्पर्धामा जाने वातारण बन्ने बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित नेपालमा औपचारिकीकरणको प्रगति र महत्त्व सम्बन्धी कार्यक्रममा बोल्दै उनले अनौपचारिक व्यवसायलाई औपचारिकतामा ल्याउनुपर्ने बताएका हुन् ।  उनले भने, ‘खासगरी व्यवसायलाई दर्ता प्रक्रिया अझै पनि जटिल महङगो तथा कर प्रणालीप्रति चेनताको कम भएको देखिन्छ । अनौपचारिक व्यवसायलाई औपचारिकतामा ल्याउन सके सबै कुरा सिस्टममा आउन सक्छ । सबै सिस्टममा आए भने प्रतिस्पर्धामा जाने वातावरण हुन्छ ।’ उनले व्यवसायको औपचारीकरण अब विकल्प नभएर आवश्यकता रहेको धारणा राखे । उनले निजी क्षेत्रले दिने सुझाव सरकारको तर्फबाट सुनुवाई भईरहेको बताए  ।  ‘हामीले दिने सुझाव, नीति निमार्णमा दिने सुझाव, राय सरकारको तर्फबाट सुनुवाई भएको छ र त्यसको आधारमा नीति निर्माणको प्रक्रियामा गईरहेको छ जून निजी क्षेत्रका लागि खुसिको खबर हो,’ उनले भने ।  

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १९:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार