सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभाका सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार मन्त्री पदमा नियुक्त गरेका हुन् । संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा राष्ट्रपति पौडेलले न्यौपानेलाई तोकेका हुन् । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस डिल गरेको अडियो काण्ड बाहिर आएपछि मङ्गलबार नै पदबाट राजीनामा दिएका थिए ।