गतबर्ष भीषण पहिरो गएको झ्याप्ले खोला क्षेत्रमा पुनर्निर्माण धमाधम

मंगलबार, असार ३१, २०८२
Global Ime Bank

काठमाडौं । गत असोज १२ मा नागढुंगा–नौबिसे सडक खण्डको झ्याप्ले खोलामा लेदोसहितको भिषण पहिरो गएको स्थानमा अहिले पुनर्निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । चिनियाँ कम्पनी जियाङसु र नेपाली साझेदार कम्पनी सगुन कन्स्ट्रक्सनले उक्त स्थानमा अहिले पुनर्निर्माणसँगै पहिरो रोकथामको काम समेत गरिरहेको हो । कम्पनीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेले सो सड्क खण्डको पहिलो खण्डमा करीब ८० प्रतिशत सड्क कालोपत्रे भइसकेको बताए । उनका अनुसार पहिरो गएको स्थानमा फेरी पहिरो जाने खतरालाई कम गर्न काम भइरहेको छ । गत वर्षको पहिरोका कारण यातायातका साधन समेत पुरिएका कारण ३५ जनाभन्दा धेरैले ज्यान गुमाएका थिए । बाटोभदा करीब २/३ सय मिटरभन्दा माथिल्लो भागमा भएको खाली जमिनमा प्लटिङ व्यवसायीहरुले जग्गा प्लटिङ गरेका थिए । प्लटिङ गर्ने टोलीले प्लटिङ गरेर माटो फालेका थिए । पानी परेपछि सोहि माटो बगेर आयो र त्यसले पहिरो सिर्जना गरेको घिमिरेले बताए । ’सोही माटो लेदोसहितको पहिरोमा परिणत भएर आएपछि जाने ठाउँ कहिँ नहुँदा थुनिएर त्यहाँ भएको सानो कल्र्भटमा भरियो । पानीले पनि जाने निकास नपाएपछि सबै लेदो त्यही स्थान भएर बगेकोले ठुलो पहिरोको रुप लिएको हो,‘ उनले भने । यसअघि २०५० सालमा पनि सोही ठाउँमा पहिरो गएको थियो ।

Photo-(8)-(11)-1752584294.jpg
 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १८:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार