दालमोठ र आलुचिप्स उत्पादन गर्न हरित कोइला उपयोगी भएको छ  : हरि दुलाल

सोमबार, असार ३०, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । पछिल्लो समय मझौला उद्योगहरुमा हरित कोइलाको प्रयोग बढ्न थालेको छ ।  विदेशबाट आयातित इन्धन, डिजेल, पेट्रोल र एलपी ग्याँसको विकल्पमा स्वदेशमा उत्पादित हरित कोइलाको प्रयोग हुन थालेको हो ।  हरित कोइलाको प्रयोग नेपालमा पछिल्ला बर्षहरुमा मात्र प्रयोगमा आउन थालेको हो ।  वन जंगलमा पाइने झारपात, खेर गएको बनको झाडी, डस्ट (काठ मिल बाट निस्केको धुलो)प्लाइको भेनीएरको ह्स्टिहरु राखेर तयार गरिएको हरित कोइला सस्तो र प्रभावकारी हुने गरेको उद्योगीहरुको भनाइ छ ।  काठमाडौं साँखुमा रहेको सलम्बु चिप्स उद्योगका सिइओ हरि दुलालले उद्योगमा पूर्ण रुपमा हरित कोइलाको प्रयोग गरेर सामग्री उत्पादन गर्दा सस्तो पर्ने गरेको बताए । उनले हरित कोइलाको प्रवद्र्धनलाई बढाउनको लागि उद्योगमा उक्त कोइलाको प्रयोग गरेको भन्दै दालमोठ, आलु चिप्स, फुरनदाना, बदाम उत्पादन भइरहेको बताए । उनले भने, ‘उद्योगमा हामीले डिजेलको प्रयोग नै गरेका छैनौं । सबै हरित कोइलाको प्रयोगबाट नै सामानहरु बन्ने हो । यस उद्योगबाट सूचिका र सेरोफेरो भन्ने दुईवटा ब्राण्डमा सामानहरु उत्पादन भइरहेको हुन्छ । दालमोठ, आलु चिप्स, फुरनदाना, बदाम उत्पादन भइरहेको छ ।’ यस्तै, उनले उद्योगबाट उत्पादन भएको वस्तु मुख्य काठमाडौंभित्र बढी खपत हुने भन्दै विस्तारै यसलाई नेपालभर पुर्‍याउने कोशिस जारी रहेको पनि बताए । उनले भने, ‘सामानहरु मुख्य काठमाडौंभित्र बढी खपत हुन्छ । आसपासका जिल्लाहरुमा पनि पुर्याउँछौं । विस्तारै यसलाई नेपालभर पुर्‍याउने कोशिस जारी छ । बाहिर निर्यात गर्नको लागि हामीले अझै धेरै तयारी गर्नुपर्ने देखिन्छ । हाम्रो सामान विदेशी सामानसँग प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ ।’ उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरि ३० देखि ४० जनाले रोजगारी पाइरहेका छन् ।  दिनमा २ देखि ३ लाखसम्मको सामान उत्पादन गर्ने उद्योगले महिनामा ६०–७० लाखसम्मको उत्पादन गर्छ । कोइरालाका अनुसार हरित कोइलाले उत्पादित खाद्य सामग्री पनि स्वादिलो हुने गरेको छ । 

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १३:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार