सोसल मिडिया
Contact Us
युनिकोड
मुम्बई। बिग बोस फेम तथा ताजिकिस्तानी गायक तथा सोशल मिडिया स्टार अब्दु रोजिकलाई शनिबार दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको छ । खलीज टाइम्सको रिपोर्टका अनुसार अब्दुलाई मोन्टेनेग्रोबाट दुबई आइपुग्दा पक्राउ गरिएको थियो। तर, अब्दुलाई के कारणले पक्राउ गरिएको हो भन्ने बारेमा भने अहिलेसम्म सार्वजनिक भएको छैन । दुबईका अधिकारीहरूले यस विषयमा कुनै आधिकारिक बयान जारी गरेका छैनन्। तर, अब्दु रोगिकको व्यवस्थापन कम्पनीले उनलाई चोरीको आरोपमा पक्राउ गरिएको पुष्टि गरेको छ । कम्पनीले यस विषयमा थप जानकारी दिन अस्वीकार गरेको छ । अब्दु रोजिक एक प्रसिद्ध ताजिकिस्तानी गायक र सोशल मिडिया प्रभावकार हुन्। गीत, भाइरल भिडियो र रियालिटी शोका कारण उनको लोकप्रियता बढेको हो । भारतमा उनी बिग बोस १६ मा सहभागी भए पछि पहिला भन्दा धेरै लोकप्रिय भए। त्यसो त अब्दु रोजिकलाई पनि २०२४ मा भारतमा ईडीले सोधपुछ गरेको थियो। यो मुद्दा एक आतिथ्य कम्पनीसँग सम्बन्धित मनी लान्ड्रिङको मुद्दा थियो। तर, त्यसबेला अब्दुलाई मुद्दामा अभियुक्त बनाइएको थिएन र सोधपुछ मात्र गरिएको थियो।