सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । बीपी राजमार्गमा पर्ने काभ्रेको माम्ती खोलामा खसेको पहिरो हटाएपछि आज बिहानबाट गाडी चल्न थालेका छन् । आइतबार राति साढे १० बजेतिर वर्षासँगै आएको भेलले सडक कटान गर्दा रोसी गाउँपालिका–११ माम्तीमा रातभर सवारी साधन अवरुद्ध भएका थिए । बाढीले कटान गर्दा अवरुद्ध बनेको सडक २ वटा जेसीभीको सहायतामा मर्मत गरेपछि आज बिहान ६ बजेबाट गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । माम्तीमा अहिले दुईतर्फी नै गाडीहरू चलिरहेका छन् । त्यसैगरि रोसी गाउँपालिका-९ पिन्थली, रोसी ९ कै बिरुवाडाँडा र कालढुङगामा पनि पहिरो खसेर अवरुद्ध भएको बीपी राजमार्गमा गाडीहरु चल्न थालेका प्रहरीले जनाएको छ । जेसीभीको सहायतमा तीनै ठाउँको पहिरो हटाएपछि गाडी चल्न थालेका हुन् ।