बालेनले सुनाए काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम

आइतबार, असार २९, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।  आइतबार महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।  बजेट ल्याउनुअघि राष्ट्रियसभा गृहमा भइरहेको नगरसभा बैठकमा मेयर बालेन्द्र साहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएका हुन् । उनले नगरसभाको बैठकमा १९ बुँदे नीति तथा कार्यक्रम वाचन गरेका हुन् । नगर सभामा पेश हुनुपूर्व कार्यपालिकाबाट बजेट पास गराउनुपर्ने व्यवस्था छ । त्यही व्यवस्था बमोजिम महानगरको कार्यपालिकाले बजेट आइतबार बिहानै पास गरिसकेको छ ।गत शुक्रबार महानगरको स्रोत तथा अनुमान समितिले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको थियो ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १६:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार