जग्गा किर्तेमा संलग्न नेकपा एसका वडाअध्यक्ष पक्राउ

शनिबार, असार २८, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

धादिङ । जग्गा किर्तेमा संग्लग्न नेकपा एसवाट निर्वाचित वडा अध्यक्ष पक्राउ परेका छन् ।  धुनीवेशी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदीलाई शनिवार बिहान काठमाडौँको कलङ्कीबाट प्रहरीले पक्राउ गरेको हो  । डा अध्यक्ष सुवेदी माथी ले सार्वजनिक किर्ते मुद्दा लागे पछि बिगत ७ महिनादेखि फरार रहेका थिए । उनले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्म दर्ता प्रमाणपत्र तयार पारिदिएका थिए । वडा अध्यक्षको संलग्नताले बनाइदिएको नागरिकताको आधारमा नागरिकता बनाई त्यसको प्रयोग गरी जग्गा बिक्री गरेको खुले पछि सोही अभियोगमा जिल्ला अदालत धादिङमा वडा अध्यक्ष सुबेदी माथी मुद्दा दर्ता भएको थियो । प्रहरीको खोजी सूचीमा रहेका सुवेदीलाई काठमाडौंमा पक्राउ गरेपछि थप अनुसन्धानका लागि धादिङ लगिएको छ । सुवेदी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट तथा २०७९ सालको निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित भई वडा अध्यक्षको रूपमा कार्यरत थिए ।

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  १२:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार