विमानस्थल अध्यगमनका कर्मचारीलाई नैतिक आचारसंहिता 

शुक्रबार, असार २७, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

ललितपुर । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) मा कार्यरत कर्मचारीहरूका लागि नयाँ नैतिक आचारसंहिता लागू गरेको छ । यो आचारसंहिता शुक्रबारबाट लागू भएको अध्यागमन कार्यालय, गौचरनले  जनाएको छ ।  यो आचारसंहिताको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्त अनुरूप कर्मचारीहरूलाई राष्ट्रिय कानुन, सामाजिक र सांस्कृतिक मूल्यप्रति जिम्मेवार बनाउनु रहेको प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले  शब्दपाटीलाई जानकारी दिए । उनले भने, ‘सेवा प्रवाहलाई छिटोछरितो, निष्पक्ष, पारदर्शी, वस्तुनिष्ठ र नतिजामूलक बनाउन आचारसंहिता लागू गरेका हौँ ।’
यो आचारसंहिताले कर्मचारीहरूलाई प्रस्थान गर्ने यात्रुहरूलाई ‘शुभ यात्रा’ र नेपाल प्रवेश गर्ने यात्रुहरूलाई ‘नेपालमा स्वागत छ, शुभ दिन’ भन्न निर्देश गरेको छ ।  साथै, यात्रुहरूसँग थोरै र आवश्यक प्रश्नहरू मात्र सोध्ने, खाडी मुलुकलगायत अन्यत्र श्रम गर्न प्रस्थान गर्ने यात्रुहरूसँग सम्मानयुक्त शब्द प्रयोग गर्ने, रूखो व्यवहार नगर्ने र बोलीमा मिठासपना ल्याउने जस्ता व्यवहार अपनाउनुपर्ने उल्लेख गरिएको छ । पर्यटकहरूसँग बोली र व्यवहारमा आत्मीयता व्यक्त गनै आचारसंहिता ल्याएको कोइरालाले जानकारी दिए । 
नैतिक आचारसंहिता पालना भए नभएको मूल्यांकन गर्न यात्रुहरूले तत्कालै आफ्नो अनुभव व्यक्त गर्न सक्ने व्यवस्था गरिएको छ । हाल कार्यालयका १५ वटा डेस्कमा अन्तिम सर्वेक्षण प्रणाली जडान गरिएको छ । जसमा यात्रुले सेवालाई उत्कृष्ट, सन्तोषजनक वा औसत रूपमा मुल्यांकन गर्न सक्छन् । बाँकी डेस्कहरूमा पनि छिट्टै यो प्रणाली जडान गरिने कार्यालयले जनाएको छ ।  सम्पूर्ण यात्रुहरूलाई यो सर्वेक्षणमा स्वैच्छिक सहभागिता जनाउन अनुरोध गरिएको छ । 
भिजिट भिसा प्रकरण सार्वजनिक भएपछि अध्यागमन सुधारका लागि प्रयास थालनी भएको छ । यी प्रयासलाई इमान्दारभएर कार्यान्वयन गर्ने हो भने सुधार ल्याउन सकिने विश्वास अधिकारीहरुको रहेको छ ।

bbb-1752249243.jpeg
 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  २१:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार