सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । स्तनधारी जनावर कुकुर घरको सुरक्षाका लागि पालिने गरिन्छ । कुकुरलाई स्वामी भक्त प्राणीको रूपमा लिइन्छ । यो मानिसहरूसँग अत्यन्त मिलेर बस्न सक्छ । कुकुरको सुन्ने र सुँघ्ने शक्ति अत्यन्त तिक्ष्ण हुन्छ । शिकार गर्न सहयोग गर्ने उत्तम घरपालुवा जनावरको रूपमा केही मानिसहरूले कुकुर पाल्ने गर्दछन् । सुँग्ने शक्ति उपयोग गरेर हालै भारतको हिमाचलमा ६७ जनाको ज्यान बचाएको घटना सार्वजनिक भएपछि कुकुरले मानिसहरुलाई कतिसम्म सहयोग गर्न सक्दो रहेछ भन्ने कुरा देखाएको छ । १६ गतेको यो घटना हिमाचल प्रदेशको मण्डी जिल्लामा भएको हो । जहाँ कुकुरले ६७ जनाको ज्यान बचाएको थियो । कुकुरको भुकाइले पहिरो र बाढीको पूर्वसूचना पाएर त्यस गाउँका मानिसहरू सुरक्षित स्थानमा जान सफल भएका थिए । मण्डी जिल्लामा बाढी र पहिरोले धेरै मानिसको मृत्यु र घरधुरी बगाएको छ । हिमाचल प्रदेशस्थित मण्डी जिल्लाको एउटा गाउँमा कुकुरले ६७ जनाको ज्यान बचाएको हो । घटना यही १६ गतेको हो । मध्यरातको समयमा कुकुर जोडजोडले भुक्दै रुन थाल्यो । स्थानीयका अनुसार चर्को आवाजमा जोडजोडले कुकुर भुक्न थालेपछि उनीहरु ब्यूँझिए । ‘म कुकुरको नजिक गएँ, त्यसबेला घरको भित्तामा चिरा परेको थियो र त्यहाँबाट पानी छिचोलिएको थियो’ उनले भनेका छन्, ‘म कुकुरसँगै बाहिर निस्किएँ ।’ त्यसबेला मध्यरात भइसकेको थियो । गाउँमा सबैजना सुतिसकेका थिए । उक्त पुरुषले गाउँभरी हल्ला गरेर त्यहाँबाट भाग्न भने । मुसलधारे पानी परिरहेको थियो । गाउँलेहरु हत्तपत्त उठेर भाग्न थाले । रातको करिब १ बजेको समयमा ठूलो आवाजसहित पहिरो गयो । हेर्दाहेर्दै मण्डीको धर्मपुर क्षेत्रस्थित सियाठी गाउँ पुरै माटोमा मिल्यो । अहिले त्यस क्षेत्रमा चार पाँच घर मात्र बाँकी छ । बाकी सबै पहिरोमा पुरिएका छन् । बचेका मानिसहरू अहिले त्रियाम्बला गाउँमा रहेको नैनादेवी मन्दिरमा विगत सात दिनदेखि शरण लिएर बसेका छन् । यो त्रासदीले धेरै गाउँलेलाई रक्तचाप र डिप्रेशनको समस्या भएको छ । हिमाचल प्रदेशमा मनसुन सुरु भएयता कम्तीमा ७८ जनाको मृत्यु भएको छ । तीमध्ये ५० जनाको मृत्यु भूस्खलन, आकस्मिक बाढी र चट्याङ जस्ता घटनामा भएको छ । बाढी र पहिरोबाट मण्डी जिल्लामा सबैभन्दा बढी मृत्यु भएको छ । आकस्मिक बाढीले मण्डीमा ठाउँ ठाउँका सडकहरू अवरुद्ध भएका छन् । भारतीय मौसम विज्ञान विभागले हिमाचल प्रदेशका १० जिल्लामा आकस्मिक बाढीको चेतावनी जारी गरेको छ । माण्डीस्थित सियाठी गाउँ भने बाढीबाट ठूलो मानविय क्षति हुनबाट जोगिएको छ । कुकुरले भुकेर सर्तक गराएपछि त्यहाँ मान्छेहरुले सुरक्षित ठाउँमा माग्ने मौका पाए । उनीहरु सुरक्षित ठाउँमा पुगेको केही समय बित्न नपाउँदै पहिरोले सबै गाउँ बगायो । भयानक विपतको संकेत गर्दै कुकुरले २० घर–परिवारको ज्यान जोगाएको घटना सार्वजनिक भएपछि अहिले भारतीय समाचारहरुमा चर्चामा छ । एजेन्सीको सहयोगमा तयार सामग्री