कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

शुक्रबार, असार २७, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२–०८३ को लागि विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १३ प्रतिशत र निजीतर्फ जाने कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको बताएका छन् । 
शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै उनले वर्ष २०८२–०८३ को लागि मौद्रिक नीतिमा विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको बताएका हुन् । 
उनले भने, ‘आर्थिक वर्ष २०८२–०८३ को लागि विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ । नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरलाई मौद्रिक नीतिको अंकुशको रुपमा लिइँदै आएकोमा यसलाई अन्तरिम लक्ष्यको रुपमा यथावत राखिएको छ ।’ उनले बैंक तथा वित्तिय संस्थाको भारित औसत अन्तर बैंक दरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा अथावत राख्दै स्वचालित र नियममा आधारित खुला बजार कारोबार सञ्चालनलाई निरन्तरता दिईने पनि बताए ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १६:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार