बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

शुक्रबार, असार २७, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक रुपमा लयमा फर्किए पनि बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढेको बताएका छन् । शुक्रबार आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैर बैंकिङ सम्पति बढ्दा पुँजीको समेत दबाब पर्न गई कर्जा लगानी क्षमता समेत प्रभावित भएको बताएका हुन् । उनका अनुसार ऋणीहरु कालो सूचीमा पर्ने क्रम बढ्दै गएको छ । उनले भने, ‘अर्थतन्त्र क्रमिक रुपमा लयमा फर्किएपनि बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढेको छ । यसबाट पुँजीको समेत दबाब पर्न गई कर्जा लगानी क्षमता समेत प्रभावित भएको छ । ऋणीहरु कालो सूचीमा पर्ने क्रम बढ्दै गएको छ ।’  त्यस्तै गैरबैंकिङ क्षेत्रको निष्कृय सम्पत्ति व्यवस्थापन गर्न एसेट म्यानेजमेन्ट कम्पनी खोल्ने तयारी गरेको पनि उनले जानकारी गराए । कम्पनी स्थापनाका लागि अब कानूनी संरचना तयार गर्ने प्रक्रिया अगाडि बढाइने उनले बताए । ‘गैरबैंकिङ क्षेत्रको निष्कृय सम्पत्ति व्यवस्थापन गर्न एसेट म्यानेजमेन्ट कम्पनी खोल्ने तयारी राष्ट्र बैंकले गरेको छ । अब कानूनी संरचना तयार गरी प्रक्रिया अगाडि बढाइने छ ।’ उनले भने । 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार