सुशासन कायम गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण :  मन्त्री चौधरी

शुक्रबार, असार २७, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भ्रष्टाचारलाई निरुसाहित गरी सुशासन कायम गर्न पत्रकारिताको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।  शुक्रबार युवा पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले निष्पक्ष पत्रकारिताले सुशासन कामय गर्न भूमिका खेल्ने बताएका हुन् ।  उनले भने, ‘पत्रकार साथीहरु म आग्रह गर्न चाहन्छु, तपाईहरु भ्रष्टाचारलाई निरुत्साहित गर्दै सुशासन कामय गर्न तपाईहरुको अहम भुमिका रहन्छ । खरिद ऐन खेलकुद विकास ऐन मान्नुपर्छ । हामीले निश्पक्ष पत्रकारिता गर्ने कि नगर्ने ?,’ उनले पत्रकारलाई सम्बोधन गर्दै खेलकुद मन्त्रालयको कमी कमजोरीलाई औलाई पहलकदमी लिन आग्रह समेत गरे ।  युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने युवा पत्रकारिता पुरस्कार कान्तिपुर पब्लिकेशन्सका प्रकृति दाहाल र गगनशीला खड्का, अन्नपूर्ण मिडिया नेटवर्ककी ममता थापा र राष्ट्रिय समाचार समितिका सुशील दर्नाललाई प्रदान गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १३:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार