सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८२।८३ को मौद्रिक नीति आज(शुक्रबार)सार्वजनिक गर्दैछ । शुक्रबार अपरान्ह १२ः२० मा नीति सार्वजनिक गर्ने र दुई बजे पत्रकार सम्मेलन गर्ने राष्ट्र बैंकको तयारी छ । मौद्रिक नीति नेपाल टेलिभिजन, राष्ट्र बैंकको फेसबुक पेज र युट्युब च्यानलमा प्रत्यक्ष प्रशारण हुनेछ । राष्ट्र बैंकले ल्याउन लागेको यो ५९ औं मौद्रिक नीति हो । शुक्रबार बिहान सञ्चालक समिति (बोर्ड) बैठकले पारित गरेको मौद्रिक नीति सार्वजनिक गरिने भएको हो । बिहीबार साँझ बसेको बोर्ड बैठकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै पारित गरेको हो ।