सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा माओवादी केन्द्रको नेतृत्वमा १२ वटा बामपन्थी दलले आज प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन गर्ने भएका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमाेर्चासहित संसद बाहिर रहेका साना बामपन्थी दल र संगठनहरूले काठमाडौंमा आज प्रदर्शन गर्न लागेका हुन् । सो प्रदर्शन दिउँसो १ः०० बजे शान्तिवाटिक, रत्नपार्कमा हुनेछ । इजरायली हमलामा झन्डै ५५ हजार निर्दोष प्यालेस्टाइनीको हत्या भए पछि नेपालका बामपन्थी दलहरू प्रदर्शनमा उत्रिन लागेका हुन् । संसद बाहिर रहेका नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा, मोहन बैध नेतृत्व पनि सो प्रदर्शनमा उत्रिने छन् । आयोजकका अनुसार सो प्रदर्शनमा उत्रने राजनीतिक दलहरूः
- नेकपा (माओवादी केन्द्र) - नेकपा (एकीकृत समाजवादी)
-रास्ट्रीय जनमोर्चा, नेपाल - नेकपा (मसाल)
– नेपाल कम्युनिस्ट पार्टी
- क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल - बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपाल - नेकपा - नेकपा (बहुमत) - नेपाल समाजवादी पार्टी - जसपा
- देशभक्त समाजवादी स्कुल - राजनीतिक सम्वाद अभियान