पञ्चाङ्ग निर्णायक समितिको अध्यक्षमा श्रीकृष्ण 

शनिबार, असार २६, २०७८

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल पञ्चाङ्ग निर्णायक समितिको अध्यक्ष पदमा प्रा श्रीकृष्ण अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रीस्तरको असार २२ गतेको निर्णय अनुसार नेपाल संस्कृत विश्वविद्यालयमा ज्योतिष विषयमा लामो समय प्राध्यापन गर्नुभएका अधिकारीलाई समितिको गठन आदेश २०७७ को दफा ३ अनुसार नियुक्त गरिएको हो । यसैगरी मन्त्रालयको संस्कृति शाखा प्रमुख समितिको पदेन सदस्य रहने व्यवस्था गठन आदेशमा गरिएको छ ।  समितिको सदस्यहरूमा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराई, डा वासुदेव कोइराला, तनुजा दाहाल, ज्योतिष पण्डित श्री पद्मनाभ त्रिपाठी र सदस्य सचिवमा पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेल रहेको मन्त्रालयका संस्कृति महाशाखा प्रमुख लक्ष्मीकुमारी बस्नेतले जानकारी दिइन् । सदस्य सचिव ढुङ्गेललाई समितिको कार्यकारी निर्देशकका रूपमा काम गर्ने गरी जिम्मेवारी दिइएको छ । 
गत वर्ष पुस २० गते मन्त्रिपरिषद्ले पारित गरेको गठन आदेशका आधारमा यो पहिलो समिति गठन गरिएको हो । यसअघि समितिको अध्यक्षका रूपमा मङ्गलराज जोशी, प्रा डा माधव भट्टराई र प्रा डा रामचन्द्र गौतमले काम गरिसकेका छन् । तीनै जना अध्यक्ष नेतृत्वको समितिले मन्त्रालयले दिएको पत्रका आधारमा काम गरेका थिए । समितिका सम्बन्धमा गठन आदेश पारित भएर गठन भएको यो पहिलो समूह हो ।  समितिलाई पञ्चाङ्गको स्वीकृति दिने, चाडपर्वसम्बन्धी निर्णय गर्ने, ज्योतिष, कर्मकाण्ड क्षेत्रलाई व्यवस्थित गर्दै तालिम, प्रशिक्षण सञ्चालन गर्ने गरी गठन आदेशमा व्यवस्था गरिएको सदस्य सचिव ढुङ्गेलले जानकारी दिए ।–रासस 
 

प्रकाशित मिति: शनिबार, असार २६, २०७८  ०७:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शनिबार, असार २६, २०७८

आज साउनको दोस्रो सोमवार
शनिबार, असार २६, २०७८

आज साउनको दोस्रो सोमबार 
शनिबार, असार २६, २०७८