सार्वजनिक लेखा समितिले पारित ग‍र्याे २३ औँ वार्षिक प्रतिवेदन

बिहीबार, असार २६, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २३ औँ वार्षिक प्रतिवेदन सर्वसम्मतिका साथ पारित गरेको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले यो निर्णय गरेको हो । समितिले गरेका काम कारबाहीहरूको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले प्रतिवेदन पारित गरिएको समितिका सभापति ऋषिकेश पोखरेलले बताए । उनले भने, ‘समितिले गरेका काम कारबाहीहरूको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले २३ औँ वार्षिक प्रतिवेदन सर्वसम्मतिका साथ पारित भएको छ । ३१ गतेको सदनमा २३ औँ प्रतिवेदन पेस गर्नेगरी सम्पूर्ण प्रतिवेदन सर्वसम्मतिका साथ पारित भयो ।’ प्रतिवेदनमा बेरुजु फछ्र्यौंटका कामहरू तथा समितिले समसामयिक विषयहरूमा गरेका निर्णयहरू उल्लेख गरिएको छ । समितिको २३औँ वार्षिक प्रतिवेदन यही असार ३१ गते सदनमा पेस गर्ने तयारी रहेको छ ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १८:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार