सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार,आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ७८ पैसा र बिक्री दर १३७ रुपियाँ ४३८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ०८ पैसा र बिक्रीदर १६० रुपियाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ८४ पैसा र बिक्रीदर १८६ रुपियाँ ६६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपियाँ ६८ पैसा र बिक्रीदर १७२ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ । यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ २२ पैसा र बिक्रीदर ८९ रुपियाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ८६ पैसा र बिक्रीदर १०० रुपैया ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ७६ पैसा र बिक्रीदर १०७ रुपियाँ २३ पैसा तोकिएको छ । त्यस्तै,जापानी येन १० को खरिददर नौ रुपियाँ ३३ पैसा र बिक्रीदर नौ रुपियाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०५ पैसा र बिक्रीदर १९ रुपियाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४७ पैसा र बिक्रीदर ३६ रुपियाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५३ पैसा र बिक्रीदर ३७ रुपियाँ ६९ पैसा,थाई भाट एकको खरिददर चार रुपियाँ १८ पैसा र बिक्रीदर चार रुपियाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २४ पैसा र बिक्रीदर ३७ रुपियाँ ४० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ १८ पैसा र बिक्रीदर ३२ रुपियाँ ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५४ पैसा र बिक्रीदर नौ रुपियाँ ५८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३५ पैसा र बिक्रीदर १४ रुपियाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ४५ पैसा र बिक्रीदर २१ रुपियाँ ५५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।