वाइसीएल नेपालले श्रम तथा उत्पादन अभियान चलाउने

बुधबार, असार २५, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । वाइसीएल नेपालको केन्द्रीय समितिको दोश्रो पूर्ण बैठक भर्चुअल माध्यमबाट बसि ‘श्रम तथा उत्पादनमा वाईसीएल‘ नामक दुई महिने श्रम अभियान संचालन गर्ने निर्णय गरेको छ ।  असार १७ र १८ गते भौतिक रुपमा बसेको पदाधिकारी बैठकले गरेका निर्णयहरु आजको बैठकले अनुमोदन गरेको हो । अभियानको उद्घाटन साउन १ गते केन्द्रमा पार्टी अध्यक्ष प्रचण्डले गर्ने भएका छन् ।  बैठकलाई पार्टी केन्द्रीय सदस्य तथा फ्याक्सर्न इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले सम्बोधन गरेका थिए । बैठकलाई सम्बोधन गर्दै सबै एकतावद्ध भई संगठनले गरेका निर्णय कार्यान्वयन गर्न र अभियान सफल पार्न आह्वान गरे । प्रकृतिजन्य विपद व्यवस्थापनलाई आफ्नो मूूख्य कार्यक्रममा समेट्दै विपद व्यवस्थापन एस।टी।एफ गठन गरेको छ । विपद व्यवस्थापन पूर्व तयारी स्वरुप आफ्नो जनशक्ति तयारी अवस्थामा राख्ने पनि निर्णय गरेको वाईसीएल अध्यक्ष पुष्प ओलीले बताए ।  उनका अनुसार उत्पादनमा कृषि, उद्योग, व्यापार (डिजिटल व्यापार) का क्षेत्रमा ठोस योजना बनाएको छ । 

- बैदेशिक रोजगारमा हुने ठगीका विरुद्ध संघर्ष गर्ने 
- सरकारी कार्यालयमा हुने ढिलासुस्ती तथा ठगीका विरुद्ध संघर्ष गर्ने 
- निर्माण भईरहेका सरकारी कामहरुको भ्रष्टाचार, ठगी र ढिलासुस्ती विरुद्ध सघर्ष गर्ने । 
- भाद्रपछि आयोजना गर्नेगरी १६–२५ को उमेर समुहलाई लिएर ‘पोलिटीकल युथ कन्सर्ट’ को तयारी गर्ने । 
- कात्तिक १७ मा हुने उपचुनावको तयारी गर्ने ।  
- सबै तह र तप्काका कमरेडहरुको कामको मुल्याकंन चार्ट बनाउने ।
- विभागहरुलाई चुस्त र छरितो एंव कामकाजी बनाउने । विभागका क्षेत्राधिकार प्रयोग गरी आ–आफ्ना सापेक्षतामा कार्यक्रमहरु बनाउने । केन्द्रिय कार्यालबाट अनुमोदन गरी योजनाहरु लागु गर्ने ।
 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  २२:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार