जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

बुधबार, असार २५, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

कास्की । जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१४ डेरा गरी बस्ने लम्जुङ घर भएकी ४३ वर्षीया पस कुमारी गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ३ सय ६० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  २२:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार