रड प्रहार गरी कुकुर कुट्ने व्यक्ति पक्राउ

कुकुरको उद्धारपछि र उपचारमा  स्नेहाज केयर
बुधबार, असार २५, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

ललितपुर । कुकुरमाथि निर्घात कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । संजय कुमार मेहता नामक व्यक्तिले रडको अन्धाधुन्ध  तरिकाले प्रयोग गरी कुकुरलाई कुटपिट गरेका थिए ।  पिटिएको कुकुरको पशु अधिकारको क्षेत्रमा क्रियाशील संस्था स्नेहाज केयरले उद्धार गरेको छ । उद्धारपछि कुकुरको उपचारका लागि सेल्टरमा पठाएको स्नेहाज केयरकी संस्थापक अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी दिइन् । पुल्चोकस्थित ललितपुर महानगर नगर प्रहरी कार्यालय नजिकै ती व्यक्तिले कुकुरलाई निर्घात कुटपिट गरेका थिए । महानगर नगर प्रहरीले घाइते कुकुरलाई उद्धार गर्नका लागि स्नेहा केयरलाई फोन गरेपछि कुकुरको उद्धार भएको थियो । स्नेहाज केयरकी सञ्चालक स्नेहा श्रेष्ठले यो पशुमाथिको क्रुरताको ज्वलन्त उदाहरण भएको बताइन् । उनले भनिन् ‘पशुमाथि अमानवीय व्यवहार गर्नेलाई कानुनी दायरामा ल्याउन प्रतिबद्ध छौँ ।’

के हुन्छ सजाय ?
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ मा पशुपक्षी सम्बन्धी कसुरको व्यवस्था छ । संहिताको दफा २९० मा ‘कसैले कुनै पशुपक्षीलाई कुटी, हिर्काइ वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाउनु दण्डनीय हुने यसमा उल्लेख छ । साथै सामथ्र्य भन्दा बढी दौडाइ वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकालाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन नपाइने पनि कानुनी व्यवस्था छ । आफूले पालेको पशुपक्षी रोगी वा वृद्ध भएका कारणले सार्वजनिक रूपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रूर व्यवहार गर्न नहुने यस परिच्छेदमा उल्लेख छ । उक्त कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । संहिताको दफा २८९ मा त्यस्ता पशु मारेमा तीन वर्षसम्म कैदको व्यवस्था छ । अंगभंग गराएमा ६ महिनासम्म कैद हुन्छ ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  २१:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार