विधायन समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि छलफल

बुधबार, असार २५, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ मा विज्ञसँग छलफल सम्पन्न भएको छ ।  बुधबार समितिको ९१ औँ बैठकमा उक्त विषयमा छलफल सम्पन्न भएको हो ।  सोही क्रममा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष डा.वेदुराम भुसालले कानुन बनाउने मान्छेले सम्पूर्ण विषय बुझेर मात्र बनाउनु पर्ने बताएका छन् ।  उनले यो राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ ले परिक्षणमा कत्तिको सघाँउछ यसमा सम्पुर्ण कुरा आएको छ छैन, काम कारवाहीमा निष्कर्श हुने गरि आएको छ छैन, यसमा केहि परिमार्जनको आवश्यकता छ छैन सबै कुरा बुझेर अहिलेको न्युनतम आवश्यकता बुझेर मात्र अगाडि बढ्नु पर्ने बताए । उनले भने, ‘कानुन बनाउनेले विषय बुझेर बनाउनु पर्छ । त्यसैले अहिले के के गर्छौ यो प्रयोगशालामा र कति प्रकारका परिक्षण गर्छौ । यो नीतिले हामीले गरेका परिक्षणमा कत्तिको सघाँउछ यसमा सम्पुर्ण कुरा आएको छ छैन । हामीले गरेका काम कारबाहिमा निष्कर्श हुनेगरी आएको छ छैन, यसमा केहि परिमार्जनको आवश्यकता छ छैन हामीले बुझनुपर्ने कुराचाँहि त्यो हो, बनाउँदै जाउँला भन्ने अर्को कुरा छ तर अहिलेको न्युनतम आवश्यकता त यसले बुझ्न पर्यो । हामीले अहिले गरेका कामलाई मार्ग दर्शन गर्न त पर्यो नि । कानुन बनाउदाँ या विधेयक बनाउँदा प्रष्ट हुने गरि बनाउन आवश्यक छ । अहिले जुन किसिमको डाटा सुरक्षाको कुरा गरिरहेको छौँ त्यो नेस्नल लेभलको डाटा बनाउन नसकेपनि यसको सुरक्षाको कुरा नगरे पनि यो विधेयक ऐन बनेपछि यसले गर्छ कि गर्दैन त्यो हेर्न आवश्यक छ । सुरक्षा व्यवस्थापनको कुरा मात्र गरेर हुँदैन के को बारेमा सुरक्षा गर्ने पनि खुलाउन पर्छ ।’ 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  २०:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार