सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटी छानबिन विशेष समितिको बैठकले कार्यविधिलाई अन्तिम रुप दिने निर्णय गरेको छ । बुधबार संघीय संसद् सचिवालय राज्य व्यवस्था तथा सुशासन समितिको सभा हलमा बसेको बैठकबाट कार्यविधि अन्तिम चरणमा पुगेको र अब यसलाई अन्तिम रुप दिने प्रक्रियामा अगाडि बढेको समिति संयोजक जीवन परियारले जानकारी दिए । उनले भने, ‘आज भएको छानबिन समितिको बैठकमा हिजो छलफल गरेको कार्यविधिका बारेमा नै छलफल गरेका छौं । त्यो कार्यविधि अन्तिम चरणमा पुगेको छ । अबको काम कसरी अगाडी बढाउने भन्ने बारेमा पनि छलफल भएको छ । आजको बैठकले कार्यविधिलाई अन्तिम रुप प्रदान गर्ने निर्णय गरेको छ ।’ उनले समितिको अर्को बैठक भोलि १२ : १५ मा बस्ने तय भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले संघीय निजामती सेवा विधेयकमा उल्लेख ‘कुलिङ अफ पिरियड’मा भएको छेडखानीको अध्ययन तथा छानविन गर्न सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो । समितिमा कांग्रेसबाट सांसदहरू जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेको छ ।