२२.०४ अंकले बढेर २७ सय बिन्दु नाघ्यो नेप्से

बुधबार, असार २५, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसुचक २२.०४ अंकले बढेर २७०५.९० बिन्दुमा पुगेर रोकिएको छ । मंगलबार ०.१४ अंकले घटेर नेप्से २६८३.८६ बिन्दुमा रोकिएको थियो । अघिल्लो कारोबार दिन ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ रुपैयाँ बराबरको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर कारोबार भएकोमा यस दिन कुल ३१६ स्टकको ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ रुपैयाँ बराबरको १ करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर खरिद विक्री भएको छ । यस दिन सेन्सेटिभ इण्डेकस ४.७६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७६ अंक बढेको छ । त्यसैगरी, सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.८१ अंक बढेको छ । यस दिन बरुण हाइड्रो पावरको शेयर मूल्य प्रतिकित्ता २६.४४ रुपैयाँले बढेर ४५२.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ । पञ्चकन्यामाइ हाइड्रको शेयर मूल्य प्रतिकित्ता १६.६७ रुपैयाँले बढेर ४०६.१९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, एनआइसी एशिया बैंकको शेयर मूल्य पनि १३.६३ रुपैयाँले बढेर ३६०.४६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस दिन राधि जलविद्युत कमपनी, बुटवल पार कमपनी, एनआरएन इन्फ्रास्टक्चर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सर्वाधिक कारोबार भएको छ । यस दिन ग्रिन डेभल्पमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक घटेको छ । यस कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ६१.३६ रुपैयाँले घट्दै १३३१.५९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, एनएमबी हाइड्रो फन्ड लिमिटेडको शेयर मूल्य पनि ३.०१ प्रतिशतले घटेर ८.७१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार