सदन अफवाह फैलाउने र गलत कुराको प्रचार गर्ने ठाँउ होईन् : सांसद बडाल

बुधबार, असार २५, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । नेकपा एमालेकी सांसद् सुनिता बडालले रास्वपा सांसद सोबिता गौतमलाई चुनौती दिँदै आफूहरू भाषा र परिभाषाको ज्ञान सिकाउन तयार रहेकाले बोल्दा हेक्का पुर्याएर बोल्नको लागि चुनौती दिएकी छन् । बुधबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले सांसद गौतमलाई सदनमा अफवाह फैलाउने र गलत कुराको प्रचार गरि बाहिरिने ठाउँ नभएको भन्दै तथ्यको आधारमा कुरा गर्न चुनौती दिएकी हुन् ।  बैठकमा बोल्ने क्रममा रास्वपा सांसद गौतमले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे राखेको अभिव्यक्तिबारे भाषा नबुझेर अपव्याख्या भएको आरोप लगाएकी थिइन् ।  उक्त अभिव्यक्तिको खण्डन गर्दै सांसद बडालले भनिन, ‘यो संसद अफवाह फैलाउने गलत कुराको प्रचार गर्ने र गलत टिप्पणी गर्ने र आफू बाहिरिने कुनै कुरा धैर्यतापूर्वक सुन्न पनि नसक्ने ठाउँ हैन । तथ्यको आधारमा कुरा गरौ देशका प्रधानमन्त्री दल विशेष नभई राष्ट्रको कार्यकारी प्रमुखका हिसावले गएको हुन्छ । टिप्पणी गर्ने माननिय ज्यू भाषा र परिभाषाको ज्ञान सिकाउन हामी तयार छौ तर बोल्दाखेरी हेक्का पुर्याएर बोल्नको लागि चुनौती दिन चाहान्छु ।’ उनले सांसद गौतमलाई प्रधानमन्त्रीले राष्ट्रको गौरव बढाएर आइरहदा किन छटपटी भयो भन्दै प्रश्न समेत गरिन् ।  ‘प्रधानमन्त्रीसँग गएको टिमको सफाई चाइएको हो भने प्रमाणसहित दिन तयार छौ । देशको राष्ट्र प्रमुख कार्यक्रममा गएर राष्ट्रको गौरव बढाएर आइरहदा उहाँहरुलाई किन छटपटी भयो म प्रश्न गर्न तयार छु,’  उनले भनिन् । 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १४:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार