सामाजिक कार्यमा व्यवसायी गोपाल हमालको सक्रियता

शव बोक्न निःशुल्क महाप्रस्थान यान प्रदान
शुक्रबार, असार २५, २०७८

कैलाली । कैलाली उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले ३० लाख रुपैयाँको लागतमा निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएका छन् ।  निःशुल्करुपमा सञ्चालनको जिम्मेवारी पाएका धनगढीका सामाजिक अगुवा शिद्धराज पनेरुलाई आज उक्त यानको चाबी हस्तान्तरण गरिएको छ । धनगढीमा मानिसको स्वर्गारोहणपछि पार्थिव शरीरलाई सम्मानसहित दाहसंस्कारका लागि लैजानका लागि महाप्रस्थान यानको नाम दिएर उक्त यान सञ्चालनमा ल्याइएको व्यवसायी हमालले बताए । उनले भने, ‘यहाँ पार्थिव शरीर (शव) बोक्ने उपयुक्त वाहन नहुँदा मृतकका आफन्तजनले भोग्दै आएको समस्यालाई मध्यनजर गरि यान सञ्चालनमा ल्याइएको हो ।’ उक्त यान धनगढीवासीमा समर्पित हुने छ । शव बोक्न धेरैले गाडी दिनै नमान्ने समस्या देखिएपछि सम्मानसहित दाहसंस्कारका लागि लैजान सो यानको व्यवस्था गरिएको व्यवसायी हमालको भनाइ छ । यान हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वरजिष्टार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख डा. हेमराज पन्तले अभियन्ता हमालले महाप्रस्थान यान सञ्चालन गरेर निकै महत्वपूर्ण काम गरेको बताए ।  महाप्रस्थान यान धनगढी उपमहानगरपालिकास्थित मोहना नदी घाट, गोदावरी नदी घाट, खुटिया, कञ्चनपुरको महाकाली घाटसम्म सञ्चालन हुने बताइएको छ ।–रासस 

प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  १६:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शुक्रबार, असार २५, २०७८

आज साउनको दोस्रो सोमवार
शुक्रबार, असार २५, २०७८

आज साउनको दोस्रो सोमबार 
शुक्रबार, असार २५, २०७८