मधेस प्रदेश सरकारबाट नागरिक उन्मुक्तिले लियो समर्थन फिर्ता

बुधबार, असार २५, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

जनकपुर । मधेश प्रदेश सरकारबाट नागरिक उन्मुक्ति पार्टीले आफ्नो समर्थन फिर्ता लिएको घोषणा गरेको छ । मंगलबार बसेको मधेश प्रदेश सभाको बैठकमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका समानुपातिक सांसद उर्मिला देवी सिंहले आफ्नो पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको सभामुख रामचन्द्र मण्डललाई जानकारी गराएकी छन् । सांसद सिंहले बजेटमा बिचौलिया हाबी भएको र त्यस्को आफूसँग प्रमाण समेत रहेको दाबी गरेकी छन् । उनले मधेश प्रदेशमा धेरै भ्रष्टाचार भएको आरोप समेत लगाएकी छन् । उनले आफ्नो गाउँमा चलिरहेको योजनाको काममा बिचोलियाले आएर गर्दै गरेको दाबी गरेकी छन् । सुखी मधेश समृद्ध मधेश हुनुको साटो सबै माननीय सांसद र मधेश प्रदेशको जनता अहिलेको बजेटले दुखी भएको उनको आरोप छ । सांसद सिंहले सभामुखलाई अभिभावकको भूमिका निर्वाह गर्दै सबै सांसदहरुको भावनालाई बुझेर कुनै नतिजामा पुग्न आग्रह गरिन ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  ०९:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार