रसुवागढीमा सात जनाको मृत्यु, ५५ को उद्दार

बुधबार, असार २५, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । तिब्बती क्षेत्रबाट आएको बाढीले रसुवागढीमा सात जनाको मृत्यु भएको छ ।  नेपाल प्रहरीले अहिलेसम्म ५५ जनाको उद्दार गरिएको र सातजना मृत फेला परेका जनाएको हो । वेपत्ता हुनेको संख्या १८ जना पुगेको प्रहरीले जनाएको छ ।  मंगलबार बिहान करिव ३ बजे तिब्बती क्षेत्रबाट भारी मात्रामा बाढी आइ रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ स्थित रसुवागढीमा साढे ११ बजेसम्म तीन जना प्रहरी कर्मचारी, ६ जना चिनिया नागरिक र ९ जना सर्वसाधारण वेपत्ता रहेको नेपाल प्रहरीले जनाएको हो ।  गोसाइकुण्ड गाउँपालिका १, २ र ३, आमा छोदिङ‌मो गाउँपालिका १, २, ४ र ५ उत्तरगया गाउँपालिका २, ४, ५ ,कालिका गाउँपालिका एक प्रभावित भएको प्रहरीले जनाएको छ ।  हालसम्म नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको छ भने चार्जिङ स्टेसनमा क्षति भएको छ । त्यस्तै ७/८ वटा इभी गाडीहरू बगाएको, भन्सार कार्यालय रसुवाको यार्ड, रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको छ ।  हाल रसुवा गोसाइकुण्ड गाउपालिका–५ पासाङल्हामु सडकखण्ड स्थितमा बाढीको कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  ०७:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार