प्रकृति रिसोर्ट र अर्गानिक फार्मलाई ट्राभल लाइफ युकेको सम्मान

मंगलबार, असार २४, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । प्रकृति रिसोर्ट र अर्गानिक फार्मलाई ट्राभल लाइफ युकेले आवास दिगोपनको लागि ट्राभल लाइफले सर्टिफिकेसनसहित सम्मान गरेको छ ।  मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रकृति रिसोर्ट र अर्गानिक फार्ममा सञ्चालक अरुण श्रेष्ठले ट्राभललाइफ सर्टिफिकेसनले नयाँ सुरुवात गरेको बताएका छन् ।  उनले भने, ‘यो ट्राभललाइफ सर्टिफिकेसन अन्त्य होइन । यो एक नयाँ सुरुवात र यात्रा हो । हामी कहिले उद्देश्यमा जरा गाड्छौं र समुदाय र प्रकृतिसँग जोडिन्छौं भन्ने एक शक्तिशाली भावना हो । हाम्रा लागि यो जिम्मेवार आतिथ्य, वातावरणीय व्यवस्थापन र सामूदायिक सशक्तिकरणप्रतिको लामो समयदेखिको प्रतिबद्धताको प्रतिबिम्ब हो ।’ १९८० को दशकमा धुलिखेल माउन्टेन रिसोर्टबाट सुरु भएको यो रिसोर्ट अरुण श्रेष्ठका बुबा विष्णु बहादुर श्रेष्ठले स्थापना गरेका थिए ।  रिसोर्टले काठमाडौं उपत्यकाको किनारमा फिनल्याण्ड–वित्त पोषित इको–टुरिज्म परियोजना लागू गरेको थियो । परियोजनामार्फत चार पर्यटकीय गन्तव्यहरूलाई जोड्नुका साथै स्थानीय पर्यटनलाई पुनर्जीवित गरेको श्रेष्ठले बताए ।  यसैगरी उक्त कार्यक्रममा बोल्दै होटल सङ्घ नेपाल (हान) का अध्यक्षमा विनायक शाहले ग्रिक टुरिजमको विकासले देशमा पर्यटन भित्राउन सक्रिय रुपमा लागेको बताए । उनले सरकारसँग समन्वय गरी ठुला होटेलहरुमा प्लाष्टिकका बोतलहरुको प्रयोगलाई बन्द गरी वातावरणीय व्यवस्थापनमा काम गरिरहेको पनि बताए । 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार